दिपेश पौडेलको ‘लेवल अप’ बजारमा

काठमाडौं । दिपेश पौडेलको नयाँ पुस्तक ‘लेवल अप’ बजारमा आएको छ । युवा वर्गलाई लक्षित गर्दै ई- बुक’को रुपमा सार्वजनिक भएको पुस्तक थुप्रैडटकममा उपलब्ध रहेको छ ।

पुस्तक मार्फत लेखकले सकारात्मक सोच र व्यबहारिक ज्ञानको पाटोलाई गैर आख्यान शैलीमा प्रस्तुत गरेका छन् ।

पुस्तकको बाहिरी आवरणबाट नेपाली पहिरनमा सही बाटोको संकेत गर्दै सहि विचारलाई सहि तरिकाले प्रयोग गर्दा पाउनसक्ने प्रतिफल बताउन खोजिएको छ ।

यस किताबमा नेपालमा हुँदै गरेको सकारात्मक परिवर्तन, नेपालीहरुले देश र बिदेशमा सानो तर महत्वपूर्ण आफूकेन्द्रित ध्यान दिनुपर्ने कुराहरु र नेपालले ३० वर्ष भित्र अर्थात् सन २०५० भित्र स्वीजरल्याण्ड, स्वीडेन र साउथ-कोरिया को औसत तहमा पुग्नेलक्ष्यलाई ५ आधारहरु प्रस्तुत गरेका छन् ।

दशैँ( तिहारको समयमा आएको ‘Level Up’ ई-बुक २०० रुपैयाँमा उपलब्ध छ र यसमा २२ अध्यायहरु छन् जुन मोबाइल,ट्याब्लेट आइप्याड मा सजिलै पढ्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here