चैतयता १ लाख २४ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

फाइलफोटो

काठमाडौं, १४ कात्तिक । कोरोना भाइरस महामारीको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण अहिलेसम्म विदेशमा रहेका एक लाख २४ हजार ७ सय ६३ जना नेपाली स्वदेश फर्किएका छन् ।

विभिन्न ३३ मुलुकबाट नियमित र चार्टर्ड उडानमार्फत नेपाली स्वदेश फर्किएका हुन् ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार उक्त तथ्यांक चैत ११ गतेदेखि कात्तिक १२ गतेसम्मको हो ।

कोभिड–१९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितका कारण विदेशमा अलपत्र परेका तथा स्वदेश आउनै पर्नेलाई सरकारले नेपाल आउन सहजीकरण गर्दै आएको छ ।

स्वदेश फर्कनेहरुमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट ३६ हजार ३८६ जना छन् भने सबभन्दा कम श्रीलंकाबाट ६ जना रहेका छन् ।

उनीहरु अधिकांश रोजगारीका लागि र केही अध्ययन, तालिम प्रशिक्षण, उपचार र परिवारिक भेटघाटका सिलसिलामा ति मुलुकमा पुगेका थिए ।

केन्द्रका अनुसार हालसम्म साउदी अरेबियाबाट १७ हजार ४७८, मलेशियाबाट १७ हजार ९२४ कतारबाट २३ हजार ३३०, कुवेतबाट १० हजार २२, जापानबाट ३ हजार ५ सय ४१, दक्षिण कोरियाबाट १ हजार ८११, ओमनबाट २ हजार १२६ बहराइनबाट १ हजार ३३९ जना स्वदेश फर्किएका छन् ।

अष्ट्रेलियाबाट १ हजार १ सय, टर्कीबाट २ हजार ९७३ , बंगलादेशबाट ९३०, माल्दिभ्सबाट १०२६, सिङ्गापुरबाट ८५६, अमेरिकाबाट ४३७, चीनबाट ६०२ र जोर्डनबाट ५७७ नेपाली स्वदेश फर्केका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here