बेलकोटगढी नगरपालिकाका १४ सहित नुवाकोटमा २६ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १४ कात्तिक । नुवाकोटमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार शुक्रबार गरिएको परीक्षणमा १७ पुरुष र ९ महिलामा कोेरोना संक्रमण्म देखिएको हो ।

जसमा विदुर नगरपालिकामा ११ जनामध्ये ४ महिला र ७ पुरुष, बेलकोटगढी नगरपालिकामा १४ जनामध्ये ९ पुरुष र ५ महिला र सूर्यगढी गाउँपालिकामा १ जना पुरुष रहेका छन् ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ४६७ पुगेको छ जसमध्ये ३ सय ४४ पुरुष र एकसय २३ महिला रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा बेलकोटगढी नगरपालिकाका एक पुरुष कोरोना निको भएर घर फर्किएका छन् । यो सँगै १८४ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here