उद्यमशीलता सम्बन्धि टक सिरिज आयोजना हुँदै

काठमाडौं, १४ कात्तिक । हल्ट प्राइज आईओई र पुल्चोक क्याम्पसको नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा शनिबार उद्यमशीलता सम्बन्धि टक सिरिज आयोजना हुने भएको छ ।

टक सिरिजको यो पाचौं श्रृंखला हो । ‘ब्राण्डिग् योर् प्रोडक्ट’ शीर्षकमा केन्द्रित रहने कार्यक्रमका लागि सेलिब्रेटी अतिथिको रुपमा नेट्फिल्क्स्को वृत्तचित्रमा फिचर भएका डेविड क्यारोल, एक लोकप्रिय पाकिस्तानी मोमिन सकिब, मिस इन्डिया युनिभर्स २०१५ सेकेन्ड रनरअप नभेली देस्मुखको साथै इशा फाउण्डेशनका एक योगी स्वयंसेवकको उपस्थित हुनेछन् ।

डेविड क्यारोल पार्सनस् स्कुल अफ डिजाइन्सका सहप्राध्यापक जसले काम्विृज् आनालाईटिक्सलाई आफ्नो डाटा पाउन मुद्दा हालेका थिए जसले गर्दा उहॅा विश्वव्यापी प्रख्यात हुनुभएको थियो ।उहॅा नेट्फिल्क्स्को “ द र्गेट ह्याक ” नामक वृत्तचित्रमा पनि फिचर हुनुभएको छ।

यस्तै पाचौं श्रृंखलामा मिस इन्डिया युनिभर्स २०१५ सेकेन्ड रनरअप विजेता, मोडल नभेली देस्मुख सेलिब्रेटी पाहुनाको रुपमा उपस्थित हुनेछिन् ।

यस श्रृंखलामा मोमिन सकिब नामक एक सक्रिय मोटिभेस्नल वत्ता तथा एक्टिभिस्ट हुन् । उनको “जज्वात बदल्दिया… मारो भाइ मारो” एकदमै भाइरल भएको थियो ।

कार्यक्रममा वक्ताहरुले प्रोडक्टको ब्राण्डिग् गर्ने विषयमा आफ्नो धारणा, ज्ञान र अनुभव साट्ने छन् ।

उक्त कार्यक्रममा वक्ताहरुले आफ्नो अनुभव आदनप्रदान गर्नुहुनेछ ।

कार्यक्रममा इशा फाउण्डेशनका एक योगी स्वयंसेवक गुरूद्वारा सहभागीहरूलाई साधारण तथा प्रभावकारी योगा पनि सिकाउने प्रबन्ध मिलाईदिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here