बढ्न थाल्यो चिसो, कस्तो रहन्छ आगामी तीन दिनको मौसम ?

काठमाडौं, १५ कात्तिक । बिस्तारै चिसो बढ्ने क्रममा रहेको छ । शनिबार बिहान काठमाडौँको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा आंशिक बलदी भए पनि देशका अधिकांश क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

अहिले उल्लेखनीय मौसमी प्रणाली छैन, तर बिस्तारै चिसो बढ्ने क्रममा छ । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक १५ गते (शनिबार):

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कार्तिक १६ गते (आइतबार):

दिउँसो : प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कार्तिक १७ गते (सोमबार):

दिउँसो : देशका पश्चिमी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ। अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here