कोरोना महामारी: नेपाल खराब सूचीको ३३ औं स्थानमा, कस्तो छ सार्क राष्ट्रको अवस्था ?

काठमाडौं, १५ कात्तिक । विश्वमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दिनप्रतिदिन बढ्ने क्रममा नै रहेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख ७३ हजार पाँच सय नौ जनामा संक्रमण पुष्टि भएको हो ।

यस बीचमा संक्रमणबाट सात हजार चार सय ८७ जनाले ज्यान गुमाएका छन्। पछिल्लो समय संक्रमण दर अमेरिकामा सबैभन्दा उच्च छ। त्यहाँ हिजो एकै दिन त्यहाँ एक लाख एक हजार तीन सय ५८ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमणबाट सबैभन्दा धेरै अमेरिकामै नौ सय ८५ जनाले ज्यान गुमाएका वल्र्डओमिटरमा उल्लेख छ। पछिल्लो २४ घण्टामा भारतमा ४८ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ भने पाँच सय ५० जनाले ज्यान गुमाएका छन्।

ब्राजिलमा २३ हजारमा संक्रमण पुष्टि हुँदा पाँच सय २९ जनाले ज्यान गुमाएका छन्। संक्रमणको मारमा नेपाल पनि परेको छ । नेपालमा कोराना संक्रमितको संख्या दिनहुँ थपिदै गएको छ ।

लकडाउन र निषेधाज्ञले केहि नियन्त्रणमा रहेको कोरोना सबै क्षेत्र खुल्ला भएसँगै संक्रमित र मृत्यु हुने दरपनि थपिदै गएको हो । यससँगै नेपाल सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा ३३ औं स्थानमा आइपुगेको छ।

बढी प्रभावित देशको पहिलो स्थानमा अमेरिका रहेको छ । अमेरिकामका संक्रमितको संख्या शनिबारसम्म ९३ लाख १६ हजार २९७ पुगेको छ। मृत्यु हुनेको संख्या २ लाख ३५ हजार १५९ पुगेको छ ।

त्यस्तै भारत दोस्रो स्थानमा रहेको छ भारतमा संक्रमितको संख्या ८१ लाख ३६ हजार १६६ पुगेको छ भने मृतकको संख्या १ लाख २१ हजार ६८१

तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या ५५ लाख १९ हजार ५२८ पुगेको छ भने मृतकको संख्या १ लाख ५९ हजार ५६२ रहेको छ ।

सार्क राष्ट्रमा कोरोना: कुन देशमा कति संक्रमित, कतिको मृत्यु ?

सार्क क्षेत्रमै भारत धेरै कोरोना संक्रमित र मुत्यु भएको देश हो। भने विश्वमा दोस्रो स्थानमा रहेको छ । बंगलादेश कोरोना प्रभावित देशहरुको सूचीको १९ औं स्थानमा रहेको छ त्यहाँ ४ लाख ६ हजार ३६४ जनालाई कोरोना संक्रमण भएको छ भने ५ हजार ९ सय ५ जनाको मृत्यु भएको छ।

उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ३ लाख २२ हजार ७ सय ३ छ।पाकिस्तान कोरोना प्रभावित देशहरुको सूचीको २७ औं स्थानमा रहेको छ ।

पाकिस्तान ३ लाख ३२ हजार ९९३ जनामा कोरोना संक्रमण भएको छ भने ६ हजार ८ सय ६ जनाको मृत्यु भएको छ। ३ लाख १४ हजार ६६ जना संक्रमण मुक्त भएका छन् ।

भुटान कोरोना प्रभावित देशहरुको सूचीको १८६ औं स्थानमा रहेको छ । भुटानमा ३ सय ४६ जनालाई कोरोना देखिएको छ। मृत्यु भने कसैको भएको छैन। ३१६जना संक्रमण मुक्त भएका छन् ।

श्रीलंका कोरोना प्रभावित देशहरुको सूचीको ११२ औं स्थानमा रहेको छ । त्यहाँ अहिलेसम्म १० हजार ४ सय १४ जनालाई कोरोना संक्रमण भएको छ भने १९ जनाको मृत्यु भएको छ। ४ हजार २ सय ८२ जना संक्रमण मुक्त भएका छन् ।

अफगानिस्तान कोरोना प्रभावित देशहरुको सूचीको ८२ औं स्थानमा रहेको छ । त्यहाँ ४१ हजार ३ सय ३ जनालाई कोरोना संक्रमण भएको छ भने १५ सय ३३ जनाको मृत्यु भएको छ। ३४ हजार २५८जना संक्रमण मुक्त भएका छन् ।

माल्दिभ्समा कोरोना प्रभावित देशहरुको सूचीको १०७ औं स्थानमा रहेको छ । त्यहाँ संक्रमितको संख्या ११ हजार ६ सय ४३ रहेको छ। मृत्यु हुनेको संख्या ३७ छ भने उपचारपछि निको हुनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ ।

नेपालमा नेपालमा १ लाख ६८ हजार २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १ लाख २८ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् भने ९२० जनाको मृत्यु भएको छ।

डाटास्रोत: वर्ल्डोमिटर्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here