विदेशी फलफूलको आयात उच्च, तीन महिनामा ४ अर्ब १० करोडको भित्रियो

काठमाडौं, १५ कात्तिक । सरकारले कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरेपनि विदेशी फलफूलको आयात बढेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४ अर्बभन्दा बढीको फलफूल आयत भएको छ ।

चालू आवको साउनदेखि असोजसम्ममा ४ अर्ब १० करोड ११ लाख रुपैयाँको ४ करोड ९६ लाख केजी फलफूल आयात भएको हो । गत आवको सोही अवधिमा ५ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको थियो ।

गत वर्ष ३ महिनामा ५ करोड १७ लाख ६५ हजार केजी फलफूल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यो वर्ष गत वर्षको तुलनामा १ अर्ब ८२ करोड रुपैयाँ कम मूल्यको फलफूल आयात भएको हो ।

फलफूल व्यवसाय खाद्य पोषण सुरक्षाका दृष्टिले मात्र नभई रोजगारी, निर्यात व्यापार र विदेशी मुद्रा आर्जन गर्न सकिने भए पनि सरकारको दीर्घकालीन रणनीति बनाउन नसक्दा फलफूलमा विदेशको भर पर्नुपर्ने अवस्था छ।

नेपालको भौगोलिक विविधता र हावापानीको विशिष्टताका कारण संसारको हरेक कुनामा उत्पादन गर्न सकिने फलफूलहरु नेपालमा उत्पादन गर्न सकिने भए पनि फलफूल उत्पादन वृद्धि हुन सकेको छैन।

सरकारले फलफूल विकासका लागि फलफूल विकास निर्देशनालय बनाए पनि अपेक्षित काम गर्न सकेको छैन। दीर्घकालिन कृषि योजनाले स्याउ, सुन्तलाजात लगायतका फलफूललाई उच्च मूल्यवान बालीको रुपमा लिए पनि परिणाम आउन सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here