देशभर २५०८ मा संक्रमण पुष्टी, २२६४ निको भए

काठमाडौं, १५ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २५ सय आठजनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ९ सय ७६ महिला र १५ सय ३२ पुरुषमा संक्रमित पुष्टी भएको हो ।

यो अवधिमा २२ सय ६४ जना संक्रमित निको भएका छन् । २४ घण्टामा ९ हजार २ सय ७९ पिसिआर परीक्षण भएको छ । निको भएर घर फर्कनेको कुल संख्या १ लाख ३१ हजार २ सय २२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here