सुनको मूल्य तोलामा पाँच सय बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १६ कात्तिक । नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको हो ।

सुनको मूल्य पाँच सय बढेसँगै तोलाको ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन एक हजार रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्यसमेत तोलामा १५ रुपैयाँ बढेको छ। चाँदी तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here