कुमारी बैंकको फोनलोन कर्जा सुविधा संचालनमा

काठमाडौं, १६ कात्तिक । कुमारी बैंक लिमिटेडले ग्राहकहरुको सुविधाका लागि फोनलोन नामक नयाँ कर्जा सुविधा संचालनमा ल्याएको छ ।

सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा संचालनमा ल्याएको हो ।

कुमारी बैंकमा विभिन्न तलब खाता संचालन गरिरहेको ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम १ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सकिन्छ भने कर्जाको लागि कुनै पनि धितोको आवश्यकता रहने छैन भने कुनै निवेदन दिन र कानूनी कागजात गरीरहनु पर्ने छैन ।

ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोनलोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ । आगामी दिनहरुमा कुमारी बैंकले आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटल मैत्री बनाउँदै , विश्वास दिलाउने बैंकले जनाएको छ ।

यस कुमारी बैंकले १८४ शाखा संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here