सस्तियो तरकारी, खुद्रा बजारमा अझै महँगो

काठमाडौं, १६ कात्तिक । नेपालीको प्रमुख चाडदशै सकिएसँगै तरकारीको भाउ पनि घट्न थालेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार दशै अघिको तुलनामा तरकारीको मूल्यमा गिरावट आएको छ।

तथ्यांक अनुसार कात्तिक ७ गते ठूलो गोलभेंडाको प्रतिकेजी औसत थोक मूल्य ७५, सानो गोलभेंडा ७५, सानो टनेल गोलभेंडा ८५ रुपैयाँमा रहेको थियो ।

दशै सकिएपछि कात्तिक १६ गते सानो गोलभेंडाको मूल्य प्रतिकेजी ५८ रुपैयाँ रहेको छ । १ सय ९ रुपैयाँ रहेको रातो आलु ९० रुपैयाँ तोकिएको छ भने खुद्रा बजारमा १२० रुपैयाँमा नै बिक्री गर्दै आइरहेका छन् ।

दशैं अघि प्याज सुकेको भारतीय १ सय ३३, लोकल गाँजर १ सय ५ मा कारोबार भएको थियो।

कात्तिक १६ गतेको लागि आलु रातो(भारतीय) ७०, प्याज सुकेको(भारतीय) १३० गाजर(लोकल) १२०, बन्दा(लोकल) ६०, काउली स्थानिय ७०,मूला सेतो(लोकल) ३०,भन्टा लाम्चो ४०, भन्टा डल्लो ४५, बोडी (तने)१०० मटरकोशा ८०, घिउ सिमी(लोकल) ३५, तितो करेला ७०, लौका ३५ रुपैयाँ रहेको छ ।

मौसमी तरकारीको उत्पादन हुन थालेपछि तरकारीको मूल्य केही घट्ने क्रममा रहेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए।

‘अब तरकारीको मूल्य घट्छ नैचाहिँ भन्न सकिँदैन, हिउँदे तरकारीको उत्पादन हुन थालेपछि क्रमश: घट्दै जान्छ,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here