सामान्य अंकले घट्यो नेप्से, २ अर्ब ९३ करोडको कारोबार

काठमाडौं, १६ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । साताको पहिलो दिन नेप्से ४.७२ अंकले घटेर १६४०.९६ विन्दुमा आइपुगेको छ ।

यसदिन १९६ कम्पनीको २ अर्ब ९३ करोड ९ लाख ३९ हजार ६ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ६ लाख २६ हजार ५१४ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ५ समूहको परिसूचक हरियो भएका छन् भने ७ वटा समूहको परिसूचक राताम्मे भएका छन् ।

सबैभन्दा धेरै माइक्रोफाइनान्स समूहको परिसूचक २९.४१ अंकले बढेको छ भने होटल समूहको १५.२९ अंकले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here