पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना संक्रमण

काठमाडौं, १६ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३ हजार २३ जनाको पीसीआर परीक्षणमा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ६ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here