यसरी लिनुहोस् सामान आयातकर्ताले अनलाइनबाटै ‘नो अब्जेक्सन लेटर’

काठमाडौं, १७ कात्तिक । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सामान आयातकर्तालाई अनलाइनबाटै नो–अब्जेक्सन लेटर दिन शुरु गरेको छ ।

विभागले आइतबारदेखि प्रतीतपत्र (एलसी) बाहेक अरु माध्यमबाट सामानको पैठारी गर्ने आयातकर्तालाई अनलाइनबाटै सेवा दिन शुरु गरेको हो ।

टीटी, बैंक ग्यारेन्टी, डीपीए र डीडीए मार्फत् मालवस्तुको पैठारी गर्नेले अनलाइन आवेदनको सुविधा पाउने विभागद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सेवालाई विद्युतीय प्रणालीको माध्यमबाट छिटो छरितो बनाउन र विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणको जोखिमबाट कर्मचारी तथा सेवाग्राहीलाई सुरक्षा प्रदान गर्न यस्तो सुविधा मिलाइएको विभागले जनाएको छ ।

यस्तो पत्र प्राप्त गर्नको लागि विभागको आधिकारिक वेभसाइटमा गएर आफ्नो विवरण भरी नयाँ खाता खोल्नुपर्नेछ ।

सोही माध्यमबाट आवश्यक कागजातहरुको डिजिटल कपि अपलोड गर्ने र आवश्यक शुल्क समेत अनलाइनबाटै भुक्तानी गरेपछि विभागले सो आवेदनलाई स्वीकृत गरेर पठाउने व्यवस्था मिलाएको छ ।

वाणिज्य विभागको नो अब्जेक्सन लेटरका लागि आवेदन दिन सुरुमा यहाँ क्लिक गर्नुहोस् । अब त्यसमा युजर आईडी क्रिएट गर्नुपर्ने हुन्छ । त्यसका लागि पहेँलो रङमा रहेको न्यु युजर (नयाँ युजर) बटनमा दबाउनुहोस् ।

इमेल, पुरा नाम, मोबाइल नम्बर र पासवर्ड राखेर साइनअप पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here