उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढ्दै, किशोर प्रधान प्यानलद्वारा मनोनयन दर्ता

काठमाडौं, १७ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को आगामी कार्यकालका लागि किशोर प्रधान प्यानलले मनोनयन दर्ता गरेको छ ।

प्रधान प्यानलले सोमबार भिभान्त होटलमा आयोजित एक कार्यक्रममार्फत मनोनयन दर्ता गरेका हुन्। प्रधान प्यानलबाट एशोसियट उपाध्यक्षमा सौरभ ज्योती, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले पनि उम्मेदवारी दर्ता गरेका छन्।

कार्यक्रममा प्रधानले आफूले महासंघलाई एक पवित्र मन्दिरका रुपमा लिएको र आफू त्यसको पुजारी बनेर सेवा गर्न तयार रहेको बताए।

निर्वाचनको लागि अर्को प्यानलले भने यस अघि नै मनोनयन दर्ता गराइसकेको छ । वर्तमान एशोसियट उपाध्यक्ष चन्द्र ढकालले वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल, एशोसियट उपाध्यक्षमा रामचन्द्र सांघाइ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा गुणनिधी तिवारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । यसअघि चैत र साउनमा गरी दुईपटक निर्वाचनको मिति तोकिए पनि कोरोनाका कारण निर्वाचन स्थगित भएको थियो ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको विधान अनुसार आगामी कार्यकालका लागि शेखर गोल्छा अध्यक्ष हुने निश्चित छ ।

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here