आईपीएल २०२०ः आज दिल्ली र व्याङ्लोर भिड्दै, कस्ले मार्ला बाजी ?

काठमाडौं । इन्डियन प्रिमियम लिग आईपिएलमा आज दिल्ली क्यापिटल र रोयल च्यालेन्जर व्याङ्लोर भिड्दै छन् ।

अंक तालिकाको आधारमा दोस्रो र तेस्रो स्थानमा रहेका यी दुवै टिम आजको खेल जित्दै प्लेअफमा पुग्ने दाउमा छन् ।

सिजनको राम्रो सुरुवात गरेको दिल्लीले लगातार पछिल्लो ४ खेलमा हार्दै १३ खेलमा ७ मा जित र ६ खेलमा हार व्यहोर्दै १४ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ । यसका साथै मध्ययम सुरुवात गरेको व्याङ्लोर १३ खेलमा ७ मा जित र ६ खेलमा हार व्यहोर्दै १४ अंकसहित रन रेटको आधारमा अंक तालिकाको दोस्रो स्थानमा छ ।

हालसम्म यी दुई समुहबिच भएको कुल २४ खेलमा व्याङ्लोरले १४ पटक जितेको छ भने दिल्लीले ९ पटक जितेको छ । एक खेल भने वर्षाको कारण रद्द भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here