रोयल इन्फिल्डले नयाँ मोटरसाइकल ‘मेटियोर ३५०’ ल्याउँदै

काठमाडौं । रोयल इन्फिल्डले नयाँ मोटरसाइकल बजारमा ल्याउने भएको छ।

प्रिमियम तथा हेभी इन्जिनको मोटरसाइकल बनाउने कम्पनीको नामले परिचित कम्पनी रोयल इन्फिल्डले नोभेम्बरमा ६ तारिखमा ‘मेटियोर ३५०’ सार्वजनिक गर्न तयारी थालेको भारतीय सञ्चारमाध्यम जी-न्युजले जनाएको छ।

यो नयाँ मोडलले थन्डर बर्ड ३५० मोडललाई प्रतिस्थापन गर्ने अनुमान गरिएको छ।

यो मोटरसाइकल ३५० सिसी, सिङ्गल सिलिन्डर, एयरकुल्ड इन्जिन हुनेछ। यसले उच्चतम २०.२ पिएस पावर र २७ एनएम टर्क जेनेरेट गर्ने बताइएको छ।

रोयल इन्फिल्ड ‘मेटियोर ३५०’ फायर बल, स्टेलर र सुपर नोभा गरी ३ वटा ग्रेडमा उपलब्ध हुनेछ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here