आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिमा अर्थमन्त्रालयले सहयोग गर्ने

काठमाडौं, १७ कात्तिक । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने बताएका छन् ।

सोमबार आर्थिक पत्रकारहरुको भेटमा अर्थमन्त्रीले आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताएका हुन् ।

उक्त कार्यक्रममा आर्थिक पत्रकार लोकबहादुर चापागाई, मोदनाथ ढकाल र जनार्दन बरालले अर्थमन्त्रालयले यो विषम परिस्थितिमा खेल्नु पर्ने र अवलम्बन गर्न पर्ने नीतिका बारेमा सुझाव दिएका थिए ।

नाफिजले सञ्चार क्षेत्र र अर्थतन्त्रका विषयमा अर्थमन्त्रालयले गर्न पर्ने १९ बुँदे सुझाव पत्र समेत पेश गरेको छ । उक्त सुझाव ग्रहण गर्दै अर्थमन्त्री पौडेलले सकारात्मक सुझाव कार्यान्वयका लागि आर्थिक पत्रकारहरुसँग बारम्बार छलफल र अन्तरक्रिया गर्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here