जनसंख्याको १८ प्रतिशत मात्रै बीमाको पहुँचमा

काठमाडौं, १ जेठ । नेपाल बीमा समितिको स्थापना भएको ५० वर्ष पूरा भएको छ ।

बुधबार समितिले विभिन्न कार्यक्रमहरु आयोजना वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँईले बीमा नेपालका १८ प्रतिशतमात्रै जनसंख्याको पहुँचमा रहेको बताएका छन् ।

विकसित देशहरुमा झण्डै सतप्रतिशत जनसंख्या बीमाको पहुँचमा हुने पनि उनले बताए ।
नेपालमा बीमा व्यवसाय सुरुवात भएको करीव ७० वर्ष पुरा भैसकेको छ ।

पछिल्लो एक वर्षमा मात्रै थप ८ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको र यो ठूलो उपलब्धी भएकोे पनि उनले बताए ।

मानव जीवन जहिले पनि जोखिममा रहने हुनाले सबै जनताहरुको बीमा गरिनुपर्ने पनि उनको भनाई थियो । पछिल्ला वर्षहरुमा बीमा गर्ने मानिसहरुको संख्यामा वृद्धि भएतापनि यो संख्या पर्याप्त नरहेको पनि उनले बताए ।

हाल नेपालमा १९ जीवन बीमा र २० वटा निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । त्यस्तै एउटा पूर्नबीमा कम्पनी पनि सञ्चालनमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here