होटल न्यु आनन्द नयाँ व्यवस्थापनमा

काठमाडौं, २ जेठ । बिगत तीन दशक देखि सेवा दिदै आइरहेको होटल न्यु आनन्द अब थप लगानी र नयाँ व्यवस्थापन सहित पुनः संचालनमा आएको छ ।

होटलले बुधवार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर यस बारे जानकारी दिएको हो । होटलका सञ्चालक एंव कार्यकारी निर्देशक परमानन्द भण्डारीका अनुसार होटेल बिहीबारबाट पुनः संचालनमा ल्याइएको छ ।

२०४३ सालमा नरिश्वर भण्डारीले यो होटल स्थापना गरेका थिए । ‘बुवाले शुरुवात गरेको होटल व्यवसायलाई निरन्तरता दिदै सेवा गुणस्तर बनाइएको हो’ भण्डारीले भने, ‘होटलमा लगानी थप गरेर नयाँ व्यवस्थापन गरिएको हो ।’

होटल न्यु आनन्दले सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीसंग व्यवस्थापकीय साझेदारी गरी गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्न लागेको जनाएको छ । न्यु आनन्द होटलमा ५१ वटा अत्याधुनिक सुबिधा युक्त कोठा, तालीम र पार्टीका लागि २ वटा हल र रेष्टुरेन्टलगायत सुविधा छन् ।

होटल न्यु आनन्दले व्यवस्थापकीय साझेदारीको रुपमा महेन्द्रनगरमा ल्याएको सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी नेपालको हस्पिटालिटी क्षेत्रको अग्रणी गु्रप हो ।

होटेल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी क्याफे, होटेल म्यानेजमेन्ट, इष्टिच्युट जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसाय संचालन गर्दै आएको सिद्धार्थ गु्रपले महेन्द्रनगर स्थित होटल न्यु आनन्दमा व्यवस्थापकिय साझेदारी सहित सेवा बिस्तार गरेको हो ।

सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले महेन्द्रनगरमा पहिलो पटक व्यवस्थापीक रुपमा साझेदारी गरेर शुरुवात गरिएको बताए ।

‘हामीले होटल व्यवसाय क्षेत्रलाई भरपर्दो र अझै गुणस्तर बनाउन तालिम सहितका जनशक्ति उत्पादनमा समेत काम गर्दै आएका छौं’ सीईओ न्यौपानेले भने,‘ व्यवस्थापकीय हिसाबले अन्यत्रका शाखाहरुमा प्रदान हुने सेवा महेन्द्रनगरमा होटल न्यु आनन्दले समेत प्रदान गर्नेछ ।’

महेन्द्रनगरलगायत ७ नम्बर प्रदेशमा होटल व्यवसायलाई थप गुणस्तरीय बनाउने उद्देश्यका साथ सिद्धार्थ गु्रपले महेन्द्रनगरस्थित होटल न्यु आनन्दसँग सहकार्य गरेर हस्पिटालिटी सेवा प्रदान गर्न लागेको हो ।

होटल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी क्याफे, होटेल\म्यानेजमेन्ट इष्टिच्युट जस्ता हस्पिटालिटी क्षेत्रका ब्यबसायहरुको नेटबर्क बनाएर सिद्धार्थ गु्रपले कैलालीको टीकापुर, कर्णाली चिसापानी, नेपालगन्ज, सुर्खेत, बुटबल, चितवनको चुम्लिङटार, काठमान्डौको बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा, लगायतका स्थानहरुमा २२ वटा शाखा मार्फत गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here