काठमाडौं, १९ कात्तिक । भारतले निजी आवास पुनर्निर्माणका लागि नेपाललाई अनुदानस्वरूप १ अर्ब सहयोग गरेको छ ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटर उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
राजदूत क्वात्राले ट्वीटमा उल्लेख गरे अनुसार उक्त रकम ‘गोरखा र नुवाकोटमा आवास पुनर्निर्माण परियोजनाहरुको लागि खर्च गरिनेछ ।
साथै भेटमा दुई देशबीचको आपसी समृद्धि र प्रगतिका लागि द्विपक्षीय आर्थिक र विकास साझेदारीलाई अझ मजबुत बनाउन सकारात्मक छलफल भएको राजदूत क्वात्राले ट्वीटमा उल्लेख गरेका छन्।
2/2 गोरखा र नुवाकोटमा आवास पुनर्निर्माण परियोजनाहरुको लागि भारतीय अनुदानस्वरूप थप १ अर्ब नेरूको चेक हस्तान्तरण गर्न सो अवसरको प्रयोग गरे । @IndiaInNepal
— Amb Vinay Mohan Kwatra (@AmbVMKwatra) November 3, 2020