गोरखामा २१ देखि ३० वर्षसम्मका यूवाहरुमा सबैभन्दा धेरै कोरोना संक्रमण

गोरखा । गोरखामा २१ देखि ३० वर्षका यूवाहरुमा सबैभन्दा धेरै कारोना संक्रमण देखिएको छ ।

जिल्लामा अहिलेसम्म भएको परिक्षणहरुलाई आधार मान्दा सबैभन्दा धेरै २१ देखि ३० वर्षका यूवाहरुमा संक्रमण देखिएको हो ।

मंगलवार बेलुकासम्मको तथ्यांक अनुसार जिल्लामा अहिलेसम्म कुल ९ हजार जनाको कोरोना परिक्षण भएकोमा ४ सय ८४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

जसमध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्षसम्मका १ सय ६८ यूवाहरुमा कोरोना पोजेटिभ देखिएको छ । जसमा १ सय २३ पुरुष र ४५ जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यलय गोरखाको तथ्यांकले देखाउछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here