यी हुन् कालो चियाका १० फाइदा

काठमाडौं । चिया सेवन नेपाली समाजको अनिवार्य झै बनेको छ । त्यसमा पनि विस्तारै बढ्दै गएको चिसो मौसमले पनि हामीलाई चिया तर्फ आर्कर्षित गरिरहेको हुन्छ ।

विशेषगरी नेपाली समाजमा दूध चिया, कालो चिया, कागती चिया धेरैै मात्रामा सेवन गरिन्छ । स्वादको रुपमा अन्य चिया मिठो भएपनि स्वास्थ्यको दृष्टिले भने कालो चियालाई निकै फलदाई मानिन्छ ।

कालो चिया सेवनको फाइदाहरु यस्ता छन्ः

१. कालो चियामा भएको एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्ने काम गर्छ।

२. कालो चियाको नियमित सेवनले मानिसको मोटोपना कम हुन्छ ।

३. यो चियाको सेवनले छिटो भोक लाग्ने समस्यबाट मुक्ति दिलाउँछ ।

४. कालो चियाले मानिसलाई लामो समय क्रियाशील रहन सहयोग पुर्‍याउँछ ।

५. नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्दछ ।

६. यो चियाको नियमित सेवनले हर्ट स्ट्रोकको खतरा कम हुन्छ ।

७. कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोलका कम गर्दछ ।

८. रोगप्रतिरोधी क्षमता कम भएका मानिसलाई समेत कालो चिया हितकर हुन्छ ।

९. यसले साइनस, डायरिया, निमोनियाजस्ता रोग लाग्ने सम्भावना कम गर्दछ ।

१०. कालो चियाले क्यान्सर बनाउने कोशिका हटाउने काम गर्दछ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here