साउदीमा रोजगारदाताको अनुमति विना नै घर फर्कन र काम परिवर्तन गर्न पाउने

काठमाडौं, २० कात्तिक । नेपाली कामदारका लागि मलेसियापछि राम्रो गन्तव्य मानिएको साउदी अरबमा श्रम कानुनमा सुधार हुने भएको छ ।

अरब न्युजले जनाए अनुसार साउदी सरकारले आफ्नो श्रम कानुनमा सुधार गर्दै सन् २०२१ को मार्च १४ देखि लागू हुनेगरी श्रम कानुनमा सुधार गर्न लागेको हो ।

नयाँ नियम अनुसार अब साउदीमा कार्यरत विदेशी कामदारले रोजगारदाताको अनुमति विना नै घर फर्कन र काम परिवर्तन गर्न पाउने छन् ।

साउदीले बुधबार घोषणा गरेको राष्ट्रिय परिवर्तन कार्यक्रममा करार अवधि सकिएपछि विदेशी श्रमिकले रोजगारदाताको अनुमति विनै स्वदेश फर्कन सक्ने र रोजगारदाता समेत परिवर्तन गर्न सक्ने उल्लेख गरेको छ ।

तर स्वदेश फर्कंदा विद्युतीय माध्यममार्फत रोजगारदातालाई जानकारी भने गराउनु पर्ने नयाँ नियमले व्यवस्था गरेको छ ।

यसअघि साउदीबाट स्वदेश फर्कनका लागि रोजगारदाताको अनुमति अनिवार्य थियो । साउदीले ल्याएको यो नयाँ नियमले नेपाली श्रमिकलाई पनि ठूलो फाइदा पुग्ने छ ।

जसले साउदी अरेबियामा रोजगारीको बजार बनाउनको लागि श्रमिक र रोजगारदाता बीचको सम्झौता सम्बन्ध सुधार गर्नेछ। यो पहलले कर्मचारीको मर्यादा र स्वतन्त्रताको रक्षा गर्दछ र रोजगारदाताले अनुबन्धको पालनाको लागि ग्यारेन्टी गर्दछ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here