एसएलसी प्रिन्सेजको नवौं संस्करण हुँदै, अडिसन जेठ ११ मा

काठमाडाैं, २ जेठ । एसईई परीक्षा दिएर बसेका किशोरीहरूको व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिँदै आएको एसएलसी प्रिन्सेजको नवौं संस्करण आयोजना हुने भएको छ ।

एक दशकदेखि सौन्दर्य र व्यक्तित्व विकास सम्बन्धि विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको सिजन मिडियाले ‘अ गेटवे फर हायर एजुकेशन एण्ड करियर’ नारामा प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

एसइई परिक्षा दिएर फूर्सदको समयमा घरमा बसेका किशोरीहरुलाई व्यत्तित्व विकास, लिडरसीप तालिम, पौडी तथा जुम्वा प्रशिक्षण फोटोग्राफी तालिम, इन्स्योरेन्स तथा बैंङ्कीङ तालिम, समाजीक सेवा लगायत विषयमा विभिन्न शिक्षाहरु प्रदान गरिने आयोजक सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तले जानकारी दिए ।

एसएलसी प्रिन्सेजको अडिसनमा सहभागी हुनको लागि सिजन मिडियाको कार्यलय कमलादीमा गएर आवेदन फारम भर्न सकिने छ । त्यस्तै एसएमएसबाट पनि नाम दर्ता गर्न सकिने वन्तले बताए ।

प्रतियाेगिताकाे फाइनल अडिसन जेठ ११ गते काठमाडौंको कमलादीमा हुनेछ ।

अडिसनबाट छानिएका प्रतियोगीहरुलाई जेष्ठ ११ गतेवाट व्यक्तित्व विकास सम्बन्धि विभिन्न तालिमहरु दिइने आयोजकले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here