पाकिस्तान र टर्कीसँग आर्थिक साझेदारी विस्तार गर्न उद्योग परिसंघको आग्रह

काठमाडौं, २० कात्तिक । नेपाल उद्योग परिसंघले पाकिस्तान र टर्कीसँग आर्थिक साझेदारी तथा द्विपक्षियव्यापार प्रवद्र्धनका लागि सहकार्य बढाउनु पर्नेमा सम्बन्धित देशमाकार्य भार सम्हाल्न जान लागेका नेपाली राजदूतसँग आग्रह गरेको छ ।

पाकिस्तानका लागि नेपाली राजदुततपस अधिकारीसंग कार्यभार सम्हाल्न जानु अघि अन्तक्र्रिया गर्दै उक्त आग्रह गरेको हो ।

राजदूत अधिकारिसँगको अन्तक्र्रियामा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले भने, ‘नेपाल उद्योग परिसंघले आर्थिक कूटनीतिलाई उच्च महत्व दिँदै आएको छ। देशको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रवद्र्धनका लागि आर्थिक कूटनीतिमा विभिन्न देशमा रहेका नेपाली दूतावासहरुसँग परिसंघले संवाद तथा सहकार्यलाई सुदृढ गर्न प्रयासरत छ।’

दक्षिण एसियाली मित्र राष्ट्र पाकिस्तानसँगको लगानी तथा व्यापारिक सम्बन्ध विस्तार गर्न त्यहाँको सरकार र लगानीकर्ताहरुसँग सम्बन्ध सुदृढ गर्न राजदूतावासहरुको थप सक्रियता आवश्यक रहेकाले यसमा नवनियुक्त राजदूतहरुले भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको पनि अग्रवालले विश्वास व्यक्त गरे।

लगानी साझेदारी तथा व्यापार विस्तारका सम्भावना अत्यधिक हुँदाहुँदै पनि आपूर्ति प्रणालीमा रहेका अवरोधले समस्या पारिरहेकोले त्यसमा आवश्यक पहल लिन पनि वरिष्ठ उपाध्यक्ष अग्रवालले राजदूत अधिकारीसँग आग्रह गरे।

छलफलमा राजदूत अधिकारीले नेपाल र पाकिस्तानबीच रहेको हार्दिकतापूर्ण सम्बन्धको उपयोग गरेर द्विपक्षीय व्यापार तथा लगानी विस्तारमा देखिएका अवरोध हटाउने कामलाई मुख्य प्राथमिकतामा राखेको बताए। नेपालले पाकिस्तानमा ठूलो परिमाणमा चिया तथा अलैँची निर्यातको अवसरलाई उपयोग गर्न वैकल्पिक आपूर्ति प्रणालीका उपायहरुबारे थप अध्ययन तथा काम थाल्नुपर्ने राजदूत अधिकारीको भनाइ थियो।

राजदूत अधिकारीले द्विपक्षीय आर्थिक तथा पर्यटन प्रर्वद्धनका संयन्त्रलाई पुनः सक्रिय बनाउनेतर्फ पनि आफूले पहल गर्ने विश्वास दिलाए। यसैगरी टर्कीलाई पनि प्रतिनिधित्व गर्ने भएकाले त्यसतर्फको निर्यात बढाउनेतर्फ ध्यान दिनुपर्ने पनि राजदूत अधिकारीले आग्रह गरे।

सोही अवसरमा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक कूटनीतिका माध्यमद्वारा द्विपक्षीय व्यापार विस्तारमा दूतावास थप सक्रिय हुने विश्वास लिएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here