थप १८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०५२ पुग्यो

काठमाडौं, २० कात्तिक । नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १८ जनाको मृत्यु भएको हो ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५२ पुगेको छ। यसअघि बुधबार ३० जनाको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here