चाडवाड लक्षित सामान तातोपानी नाकामा अलपत्र

फाइलफोटो

काठमाडौं, २० कात्तिक । नेपाल चीनवीचको दुइमात्र व्यापारिक तातोपानी तथा केरुङ्ग नाका लामो समयदेखि आंशिक रुपमा सुचारु हुने र रोकिने अवस्थामा रहेको छ ।

पूर्ण रुपमा नाका सञ्चालन हुन नसक्दा व्यापारीहरुले जाडो गर्मीयाम तथा चाडवाड लक्षित गरी आयात गरिएका विविध सामानहरु ८–१० महिना देखि नाकामा अलपत्र अवस्थामा रहेको नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिले विज्ञप्ति मार्फत जनाएको छ ।

महासचिव विवेक पौडलद्धारा जारी विज्ञप्तिमा कतिपय खाद्य सामग्री तथा फलफुलहरु विग्रिएको र म्याद सकिने अवस्थामा पुगेको जनाइएको छ ।

नाका सुचारु नभएमा कारण व्यापारी व्यवसायीहरु टाट पल्टने अवस्थामा रहेको र विविध मानसिक चिन्ता एवं विचलन भई आन्दोलित हुने अवस्थामा रहेको उल्लेख गरिएको छ ।

माल सामानहरु समयमा नेपाल ल्याई विक्री वितरण गर्न नसकेमा व्यवसाय नै धरासाय भई पलायन हुनु पर्ने अवस्था रहेको छ ।

दशैं अगाडी नै नाका पूर्ण रुपमा सुचारु हुने भनिएतापनि चिनियाँ पक्षले तातोपानी नाकाबाट दैनिक २–४ वटा ट्रकलाई मात्र नेपाल प्रवेशमा अनुमती दिने गरको विज्ञप्तिमा उल्लेख छ ।

भन्सार लगायत सम्बन्धित निकायबाट नाका संचालनका लागि प्रयास गरिएतापनि चिनियाँ पक्षको कारण सहज हुन सकेको छैन् ।

जसले गर्दा मुलुकको राजश्व संकलनमा समेत कमी हुने हुँदा यस समस्याको समाधानका लागि विशेष पहल गरी धेरै भन्दा धेरै गाडीहरु नेपाल ल्याउने वातावरण बनाउन र द्विपक्षीय वार्ता मार्फत समस्याको स्थायी समाधानका लागि सम्बन्धित निकाय मार्फत छिटो पहलका गर्न नेपाल–चाइना चेम्बर अफ कमर्सले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here