प्रहरीमा जागिर खुल्यो, साधारण लेखपढ गर्न सक्नेले दरखास्त दिन पाउने

काठमाडौं, २१ कात्तिक । नेपाल प्रहरीले ‘प्रहरी कार्यालय सहयोगी’मा जागिर खुलाएको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचना निकालेर विभिन्न पदमा गरी तीन सय ६० जनाका लागि दरखास्त आह्वान गरेको हो।

इच्छुक नेपाली नागरिकले मंसिर २ गतेदेखि पुस ६ गतेभित्र दरखास्त फारम दर्ता गर्ने समय छ।

जसमा खुला र समावेशी गरी माली/बगैंचे, भान्छे, हजाम, सिलाइरबुनाइ, कुचिकार र खेलाडीमा दरखास्त आह्वान गरेको छ ।

९ जना मालीरबगैंचे, २ सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाइरबुनाइतर्फ, ५० जना कुचिकार र १५ जना खेलाडीका लागि जागिर खुलेको हो।

खेलाडि सहयोगीतर्फ १५ जनामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, बक्सिङ, भारोत्तलन विधातर्फका महिलारपुरूष खेलाडीले मात्रै दरखास्त दिन पाउँछन्।

साधारण लेखपढ गर्न सक्नेले दरखास्त दिन पाउँछन्। १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकाले दरखास्त दिन सक्ने प्रहरीले जानकारी दिएको छ।

फारम ७७ वटै जिल्लाका प्रहरी कार्यालयमा बुझाउन सकिनेछ। त्यस्तै प्रदेशका विभिन्न तालिम केन्द्रहरुमा समेत बुझाउन सकिने प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here