यी हुन् विश्वका १० उत्कृष्ट विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय कतिऔं स्थानमा ?

काठमाडौं ३० बैशाख । विश्वकै उत्कृष्ट विश्वविद्यालयहरु नाम लिनुपर्दा धेरैले अमेरिकी र बेलायती विश्वविद्यालयको नाम अग्रस्थानमा लिने गरेका छन् ।

त्यहाँका विश्वविद्यालयहरुको भौतिक संरचना, पाठ्यक्रम र पठनपाठनको उत्कृष्ट वातावरणको कारण शैक्षिक स्तर पनि धेरै राम्रो हुने बताइन्छ ।

बेलायतको ‘द टाइम्स हाइअर एजुकेसन’ म्यागजिनले वर्षेनी सार्वजनिक गर्ने सूची ‘वल्र्ड युनिभर्सिटि र्याङकिङ २०१९’मा पनि उत्कृष्ट १० मध्ये सात वटा अमेरिकी र तीनवटा बेलायती विश्वविद्यालय रहेका छन् ।

म्यागेजिनले निकालेको विश्वका उत्कृष्ट १ हजार दुई सय ५० विश्वविद्यालयको सूचीमा भने ८६ देशका विश्वविद्यालयहरु समावेश छन् ।

म्यागजिनले रोयटर्स कर्पोरेसनको सहकार्यमा विश्वविद्यालयहरुको तथ्याङ्क संकलन गरेको बताएको छ ।

नेपाल, ईराक, जमैका, तान्जानिया र कजकस्ताजका विश्वविद्यालयहरु पहिलो पटक सूचीमा समावेश भएका छन् ।

यी हुन् विश्वका उत्कृष्ट १० विश्वविद्यालयहरु

१. युनिर्भसिटी अफ अक्सफोर्ड, बेलायत
२. युनिर्भसिटी अफ क्याम्ब्रिज, बेलायत
३. स्ट्यानफोर्ड युनिर्भसिटी, अमेरिका
४. मासाचुसेट्स इन्स्टिचयुट अफ टेक्नोलोजी, अमेरिका
५. क्यालिर्फोनिया इन्स्टिच्युट अफ टेक्नोलोजी, अमेरिका
६. हार्वड युनिर्भसिटी, अमेरिका
७. प्रिन्स्टन युनिर्भसिटी, अमेरिका
८. यल युनिर्भसिटी, अमेरिका
९. इम्पेरियल कलेज, बेलायत
१०. युनिर्भसिटी अफ सिकागो, अमेरिका

१. युनिर्भसिटी अफ अक्सर्फोड

बेलायतको अक्सर्फोड विश्वविद्यालय विश्वकै सबैभन्दा पहिलो अंग्रेजी भाषाबाट पढाईने विश्वविद्यालय हो । यस विश्वविद्यालयमा २२ हजार विद्यार्थीहरु अध्ययनरत छन् ।

२. युनिर्भसिटी अफ क्याम्ब्रिज

बेलायतमै रहेको क्याम्ब्रिज युनिर्भसिटी अंग्रेजी भाषामा पढाउने दास्रो पुरानो विश्वविध्यालय र विश्वकै चौंथो पुरानो विश्वविद्यालय हो । यस विश्वविद्यालय ४ हजार भन्दा धेरै विध्यार्थी अध्ययनरत छन् ।

३. स्ट्यानफोर्ड युनिर्भसिटी

अमेरिकामा रहेको स्ट्यानफोर्ड युनिर्भसिटी अमेरिकाको सबैभन्दा ठुलो विश्वविद्यालय मध्येको एक हो । यहाँ १६ हजार भन्दा धेरै विद्यार्थीहरु रहेका छन् ।

४. मासाचुसेट्स इन्स्टिचयुट अफ टेक्नोलोजी

मासाचुसेट्स इिन्स्टच्युट अफ टेक्नोलोजी अमेरिकामा रहेको छ । यसको स्थापना सन १८६१ मा भएको हो । प्रविधिको पठनपाठनमा अब्बल मानिने यस विश्वविद्यालयमा ११ हजार विध्यार्थीहरु पढ्ने गर्दछन् ।

५. क्यालिर्फोनिया इन्स्टिच्युट अफ टेक्नोलोजी

क्यालिर्फोनिया इन्स्टिच्युट अफ टेक्नोलोजी अमेरिकामा रहेको छ । यस विश्वविद्यालयमा वैज्ञानिक आविस्कारका कक्षहरु धेरै माात्रमा रहेका छन् ।

६. हार्वड युनिर्भसिटी

हार्वड युनिर्भसिटि अमेरिकामा रहेको विश्वविद्यालय हो । यो विश्वविद्यालय अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हो । यसको क्याम्पस ५ हजार एकड क्षेत्रफलमा फैलिएको छ ।

७. प्रिन्स्टन युनिर्भसिटी

अमेरिकाको प्रिन्स्टन विश्वविद्यालयमा १० हजार भन्दा विद्यार्थीहरु अध्ययनरत छन् । यो विश्वविद्यालय अमेरिकाको न्यूजर्सीमा रहेको छ ।

८. यल युनिर्भसिटी

यल विश्वविद्यालय अमेरिकाको न्यूहेभन शहरमा अवस्थित रहेको छ । येल विश्वविद्यालयमा १२ वटा ऐतिहासीक समेत कलेजहरु रहेका छन् ।

९. इम्पेरियल कलेज

बेलायतमा रहेको इम्पेरियल कलेजमा १५ हजार विध्यार्थी र ८ हजार स्टाफ रहेका छन् । यो विश्वविद्यालय मुख्य गरी साइन्जस , इन्जिनियरीङ, मेडिसिन र बिजनेसलाई मात्रै प्राथमिकता दिने गरेको छ ।

१०. युनिर्भसिटी अफ सिकागो

युनिर्भसिटी अफ सिकागोको स्थापना सन् १८९० मा भएको थियो । यो विश्वविद्यालयमा पढेका विद्यार्थीहरु पछि गएर विविध क्षेत्रको नेतृत्वदायी भूमिकामा रहेका छन् ।

त्रिभुवन विश्वविध्यालय कुन स्थानमा ?

नेपालको सबैभन्दा ठुलो र पुरानो त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट तिन सय विश्वविद्यालय भित्र परेको छ ।

बेलायतको ‘द टाईम्स हाईअर एजुकेशन’ म्यागजिनले प्रकाशन गरेको सन् २०१९ को उत्कृष्ट विशवविद्यालयको सूचीमा नेपाल पनि समावेश भएको छ ।

नेपाल पहिलो पटक यस प्रकारको सूचीमा समावेश भएको हो । सूचीमा त्रिवि विश्वभरका विश्वविद्यालयको ८०१ देखि १००० को स्थानमा रहेको छ ।

त्यस्तै एसियाको भने २५१ देखि ३०० को स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here