निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तोकियो

काठमाडौं, २१ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको छ ।

शुक्रबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले २०७७ मंसिर मसान्तसम्म अनुदान सझौता गरी २०७७ पौष १५ सम्ममा पहिलो किस्ता लिई सक्नु पर्ने अन्तिम समयसीमा तोकेको हो।

सबै लाभग्राहीहरुले ०७७ पौष १५ भित्र पहिलो किस्ता लिइसक्नुपर्नेछ भने ०७७ माघ मसान्तभित्र दोस्रो र ०७८ बैशाख मसान्तभित्र तेस्रो किस्ताका लागि निवदेन दिइसक्नु पर्नेछ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले प्राधिकरणको कार्यावधि नै सकिनँ लागेकोले यो नै अन्तिम समयसीमा हुने बताए ।

‘निजी आवास अनुदानका लागि योग्य सबै लाभग्राहीहरुलाई यथाशीघ्र सम्झौता गर्न र अनुदानका किस्ता लिन बाँकी भए स्थानीय तहमा निवेदन दिन आग्रह गर्दछौं,’ उनले भने।

त्यसैगरी, प्राधिकरणले साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने प्रवलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मा निवेदन दिन पनि अनुरोध गरेको छ।

त्यसैगरी, प्राधिकरणले साविक घर भत्काई नयाँ घर निर्माण गर्न चाहने प्रवलीकरण लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाईमा निवेदन दिन पनि अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here