गोरखा नगरपालिकाका विद्यालय दुई हप्ताका लागि बन्द

गोरखा । गोरखा नगरपालिकाले नगरपालिका भित्रका निजी तथा सामुदायिक विद्यालयहरुको पठनपाठन दुई हप्ताको लागि बन्द गराएको छ ।

नगरपालिकाले आइतवार एक सूचना प्रकाशन गर्दै नगरभित्रका शिक्षकहरुमा कोरोना भाइरस संक्रमण देखिएको भन्दै कात्तिक २४ गतेदेखि मंसिर ६ गतेसम्मका सबै निजी र सरकारी विद्यालयमा पठनपाठन बन्द गराएको हो ।

यसका साथै नगरपालिकाले केही कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको र कतिपय कर्मचारीमा लक्षण देखिएको भन्दै नगरपालिका र वडा कार्यालयमा पनि अत्यावश्यक बाहेकका सबैसेवा बन्द गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here