दमनराज तुलाधरको आत्मकथा बजारमा

काठमाडौं । जहानियाँ राणा शासनविरुद्धको संघर्षका योद्धा, प्रजातन्त्र अभ्यासका सक्रिय साक्षी र पञ्चायतको पहिलो दशकमा राजा महेन्द्रका विश्वासिला सहयोगी दमनराज तुलाधरको आत्मकथा ‘दमनराजतुलाधर’ सार्वजनिक भएको छ ।

‘नेपाली माटो चिनेको नमुना आत्मकथा’को उपमा पाएको यो आत्मवृङ्खाान्त इमानदार बयानको अनुपम उदाहरणको रुपमा लिइन्छ ।

२०३९ सालमा प्रकाशित यो पुस्तक इमानदार अभिव्यक्तिकै कारण प्रतिबन्ध लगाइएपछि दुर्लभ हुन पुगेको थियो ।

“सचेत नेपाली पाठक यत्तिको महत्वपूर्ण ऐतिहासिक दस्तावेजबाट वञ्चितहुनु नपरोस् भनि क्लासिक सिरिज अन्तर्गत यसको दोस्रो संस्करण प्रकाशन गरेको प्रकाशक भूपेन्द्र खड्काले बताए ।

तुलाधरकी सुपुत्री प्रतिमा तुलाधरको भूमिका यो संस्करणको अर्को उल्लेखनिय रहेको छ ।

१९९७ सालको प्रजापरिषद् काण्डदेखि सात सालसम्म नेपाली माटोमा भएको प्रजातान्त्रिक संघर्ष, प्रजातन्त्र स्थापनापछि नेपाली राज्यको सत्ता–अभ्यास र पञ्चायतकालमा नेपाली परराष्ट्र नीति निर्माण एवं कार्यान्वयनका भित्री कथा यस पुस्तकमा रहेका छन् ।

‘एउटा दृढ–संकल्पित राजनीतिक कार्यकर्ता, निजामती प्रशासक, कुशल लेखक–अनुवादक तथा असलपति र पिताको इमानदार आत्मकथा पढ्दा जो कोहीलाई शिक्षा, प्रेरणा र मार्गदर्शन मिल्न सक्छ’– प्रतिमा तुलाधरले भूमिकामा उल्लेख गरेकी छन् ।

कूल ३०० पृष्ठको पुस्तकको पेपरब्याक संस्करणको मूल्य ५५५ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here