उखु किसानद्धारा मंसिर २७ गतेबाट आन्दोलन गर्ने घोषणा

काठमाडौं । उखु किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् ।

गत वर्ष किनेको उखुको बक्यौता भुक्तानी गर्नमा उखु मिलहरुले ढिलाइ गरेको भन्दै किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् ।

आइतबारउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै उखु मिलले सबै बक्यौता भुक्तानी नगरे आन्दोलनमा जाने बताएका हुन् ।

उद्योगको मन्त्री भट्टले भने बन्द भएका उद्यागको जायजेथा बेचेर भएपनि किसानको रकम दिलाउने प्रतिवद्धता गर्दै आन्दोलन नगर्न किसानहरुलाई आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here