जर्मनीबाट लगानी भित्र्याउन पहल गर्छुः नवनियुक्त राजदुत खड्का

काठमाडौं, २३ कात्तिक । जर्मनीबाट नेपालमा लगानी, प्रविधि भित्र्याउनका लागि पहल गर्ने जर्मनीका लागि नवनियुक्त नेपाली राजदूत रामकाजी खड्काले बताएका छन् ।

राष्ट्रले अघि सारेको रणनीतिअनुसार जर्मनीमा रहेर आफूले नविनतम तवरले आर्थिक कुटनीतिका माध्यमबाट सहयोग गर्ने र सो क्रममा निजी क्षेत्रस“ग समेत नजिकमा रहेर कार्य गर्ने उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष्ँ किशोरकुमार प्रधानसंग आइतवार भएको भेटमा खड्काले यस्तो बताएका हुन् ।

कोभिड–१९ का कारण विश्वको अर्थतन्त्र धराशयी भैरहेको समयमा आफू जिम्मेवारी सम्हाल्दै गरेता पनि आफ्नो तर्फबाट पूर्णरुपमा मुलुकको आर्थिक समृद्धिमा पहल गर्ने र त्यसका लागि निजीक्षेत्रसंग सहकार्य गरेर जाने उनको भनाइ छ ।

नवनियुक्त राजदुतको महासंघ सचिवालयमा स्वागत गर्दै प्रधानले आर्थिक व्यवसायिक विकासमा निजी क्षेत्रले स्वदेशमा गरिरहेको प्रयासमा आफू कार्यरत देशमा रहेर सहयोग गर्न राजदूत खड्कालाई आग्रह गरे ।

संभावना बोकेका नेपाली उत्पादनहरुको बजारीकरण गरि निर्यात प्रवद्र्धनमा सघाउ पु-याउन समेत उनले अनुरोध गरे ।

दूतावासले खोजेको सहयोग गर्न महासंघ तयार रहेको पनि उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here