दिल्ली पहिलोपटक आईपीएलको फाइनलमा, उपाधि भिडन्त मुम्बईसँग

काठमाडौं, २४ कात्तिक । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा दिल्लीले दोस्रो क्वालिफायरमा हैदरावादलाई १७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

सेख ज्यायद क्रिकेट स्टेडियममा दिल्लीले जितका लागि दिएको १९० रनको बलियो लक्ष्य हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १७२ रन बनाउन सक्यो ।

जितसँगै दिल्ली आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।

हैदरावादका लागि केन विलियनसनले अर्धशतकीय पारी खेले । ४५ बल खेलेका उनले ५ चौका र ४ छक्काको सहयोगमा ६७ रन बनाए । हैदरावादका लागि अब्दुल सामदले ३३ रन बनाउँदा मनिस पाण्डेले २१ रनको योगदान गर्यो ।

दिल्लीका लागि कगिसो रवाडाले सार्वधिक चार विकेट लिए ।
बलिङतर्फ हैदरावादका लागि सन्दीप शर्मा, जेसन होल्डर र साशिद खानले समान एक–एक विकेट लिए ।

दिल्लीले अब उपाधिका लागि मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here