सुनको मूल्य बढ्ने क्रम जारी, प्रतितोला ९८ हजार २०० मा कारोबार

काठमाडौं । सुनको मूल्य बढ्ने क्रम सोमबार पनि जारी नै रह्यो । आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ ।

आइतवार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमवार ५०० रुपैयाँ बढ्दै प्रतितोला ९८ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमवार तेजावी सुनको मूल्य पनि ५०० रुपैयाँ नै बढ्यो । आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढ्यो ।

आइतवार प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा सोमवार १० रुपैयाँ बढ्दै प्रतितोला १,२८५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here