‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने निर्णय कार्यान्वयन नगर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं, २४ कात्तिक । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ।

सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को साटो ‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो।

गत असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले नेपालको आधिकारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’बाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाएर ‘नेपाल’ मात्र बनाउने निर्णय गरेको थियो।

छलफलको क्रममा ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको भन्दै मन्त्रिपरिषद्को निर्णयको बचाऊ गरेका थिए ।

त्यस्तै, नेकपाका सांसदहरु विजय सुब्बा र नवराज सिलवालले पनि सरकारको निर्णयमा आफ्नो सहमति रहेको भन्दै कुनै निर्देशन दिन नपर्ने धारणा राखेका थिए । देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने मन्त्रिपरिषद्को निर्णयबारे समितिले परराष्ट्रमन्त्रीसँग छलफल गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here