आइपीएल २०२०ः किन घट्यो पुरस्कार राशी ? विजेता टोलीले कति पाउँछन् ?

काठमाडौं । इन्डियन प्रिमियर लीग क्रिकेट जगतको सर्वाधिक लोकप्रिय तथा महंगो प्रतियोगिता हो । खासगरी भारतीय धनाढ्य व्यापारी र सेलिब्रटीले क्लवमा लगानी गरी संसारभरका लोकप्रिय खेलाडीलाई आवद्ध गर्न थालेपछि यस खेलले निरन्तर सफलता प्राप्त गर्दै गयो ।

त्यसकारण भनिन्छ, आइपीएल पैसाको लडाई हो ।

कोरोना संक्रमणको कारण यूएईमा जारी १३ औँ सिजनको आईपीएलको फाइनल खेल्ने टोलीको टुंगो लागिसकेको छ ।

यस सिजन आइपीएलको फाइनलमा ४ पटकको आइपीएल विजेता मुम्बई इण्डियन्स र पहिलोपटक फाइनल प्रवेश गरेको दिल्ली क्यापिटल्स `दुवै अन्तराष्ट्रिय स्टेडियम` मा नेपाली समय अनुसार मंगलवार राति ७ः४५ बजे भिड्दै छन् ।

तपाईलाई आईपीएल २०२० को विजेता, उपविजेता तथा ‘प्लेअफ’ मा पुग्ने टिमले पाउने पुरस्कारको बारेमा थाहा छ ? यदि थाहा छैन भने आज हामी यस विषयमा जानकारी दिदैँ छौं ।

जारी आईपीएल विजेता टिमले गत वर्षभन्दा कम पुरस्कार राशि पाउने छ । भारतीय क्रिकेट अन्ट्रोल बोर्ड (बीसीसीआई)ले यो पटक २०१९ को सिजनकोभन्दा ठ्याक्कै आधा पुरस्कार राशि दिने निर्णय गरिसकेको छ ।

गत सिजनमा मुम्बई इण्डियन्सले ट्रफीसहित नगद २० करोड भारु पुरस्कार पाएको थियो । तर, आईपीएल २०२० मा विजेता बन्ने टिमले १० करोड भारु पुरस्कार पाउने छ ।

यो पटक उपविजेता टिमले ६ करोड २५ लाख भारु पउने छ । गत सिजनमा उपविजेता बनेको चेन्नई सुपर किंग्स (सीएसके)ले साढे १२ करोड भारु पाएको थियो ।

विजेता र उपविजेता टिमले मात्र होइन ‘प्लेअफ’मा पुग्ने टोलीले पनि पुरस्कार रकम पाउने छन् । क्वालिफायर २ र एलिमिनेटरमा हार्ने टिमले पनि चार करोड बढी रकम पाउने छन् ।

कोरोना संक्रमणको कारण टिकट बिक्री नभएको कारण पुरस्कार राशि घटेको बीसीसीआईले बताउदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here