कोरोना खोपको प्रभाव: युरोप-अमेरिकी सेयर बजारमा हलचल, सुनचाँदीमा उच्च गिरावट

काठमाडौं, २५ कात्तिक । औषधि निर्माता कम्पनीले कोरोनाविरुद्धको खोप तयार भएको र त्यो खोप ९० प्रतिशत प्रभावकारी प्रमाणित भएको घोषणा गरेसँगै विश्वको सेयर बजारमा हलचल पैदा भएको छ ।

कोरोना भाइरस बिरुद्धको खोप निर्माण गरिरहेको कम्पनी फाईजर इंकले उक्त घाषणा गरेसँगै विश्वका सेयरबजारमा हलचल पैदा भएको हो। सुनचाँदीको मूल्यमा भने उच्च गिरावट आएको छ ।

कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्रमै धक्का लागेसँगै लगानीकर्ताको मनोबल समेत कमजोर बनिरहेको थियो ।

आशा जगाउने निकै भरपर्दो समाचार सार्वजनिक भएसँगै लण्डनको एफटिएसई एक्चेन्ज ५.५ प्रतिशतले बढेको छ । त्यहाँ सुचिकृत भएको जेट इन्जिन निर्माण गर्ने कम्पनी रोल्स रोयको सेयर मूल्य ४५ प्रतिशतले बढेको छ भने ब्रिटिश एयरवेजको प्यारेन्ट कम्पनी आईएजीको शेयर मूल्य ३५ प्रतिसतले बढेको छ ।

त्यस्तै इन्टरकन्टिनेन्टल होटेलको मूल्य १४ प्रतिशत र व्हाईटब्रेड कम्पनीको मूल्य १६ प्रतिशतले बढेको छ । सिनेमा समबन्धि सेवा दिने सिनेवल्डको सेयर मूल्य पनि ३६ प्रतिशतले बढेको गार्जियनले उल्लेख गरेको छ ।

लण्डनको बजार परिसूचक एफटीएसई १००(यूकेएक्स) ४.७ प्रतिशतले बढ्यो भने जर्मनीको बजार परिसूचक ड्याक्समा ५.४ प्रतिशतको उछाल आयो ।

यस्तै, फ्रान्सको सेयर बजार परिसूचक एकैदिन ७ प्रतिशत भन्दा बढीले उछालको गतिमा दौडिएको छ ।

अमेरिका लगायत कतिपय देशको सेयर बजार परिसूचक बढ्नुमा जो बाइडेन अमेरिकी राष्टपतिमा निर्वाचित भएसँगै राजनीतिक स्थिरताको आशा पनि एउटा कारण रहेको बताए पनि विश्वका सबै सेयर बजारमा उछाल आउनु पछाडिको कारण भने खोप नै रहेको दाबी गरिएको छ।

घोषणा गरेको एक मिनेटमा सुनको मूल्य १००० ग्राम प्रति १० ग्रामले घटेको छ । जबकि चाँदीको मूल्य पनि प्रति किलोग्राम २००० रुपैयाँ घटेको छ ।

वास्तवमा फाइजरले उत्पादन गरेको खोपको प्रभावकारीता ९० प्रतिशत भएको दावी गरेको छ । कोरोना महामारीको संकट टरेरका कारण सुनको मूल्य कम हुने लगानीकर्तामा मानोवैज्ञानिक प्रभाव परेका कारण सुन र चाँदीको मूल्य घट्न थालेको हो ।

अमेरिकन कम्पनी फाइजर र जर्मन पार्टनर बायोएनटेकले कोरोनाभाइरस खोप विकास गेरेको घोषणा गरेको छ ।

मल्टी कमोडिटी एक्सचेन्ज(एमसीएक्स)मा डिसेम्बरको गोल्ड फ्यूचर्सको मूल्य २ प्रतिशत अर्थात १००० रुपैयाँ प्रति १० ग्राम गिरावट भएर ५११६५ रुपैयाँ भारु भएको छ ।

एमसीएक्समा सुन ५०६७७ देखि ५२५२० रुपैयाँमा कारोबार भइरहेको छ । विश्व बजारमा सुनको मूल्यमा २ प्रतिशतले गिरावट भइ १९०९.०० डलर प्रति औंस पुगेको छ

न्यूयोर्कमा सुनको मूल्य ०.४३ प्रतिशतले वृद्धि भएर कारोबार भइरहेको थियो । उहि चाँदी ०.७५ प्रतिशतले बढेर कारोबार भइरहेको थियो । घोषणा गरेको एक मिनेटमा सुनको मूल्य १००० ग्राम प्रति १० ग्रामले घटेको छ । जबकि चाँदीको मूल्य पनि प्रति किलोग्राम २००० रुपैयाँ घटेको छ ।

वास्तवमा फाइजरले उत्पादन गरेको खोपको प्रभावकारीता ९० प्रतिशत भएको दावी गरेको छ । कोरोना महामारीको संकट टरेरका कारण सुनको मूल्य कम हुने लगानीकर्तामा मानोवैज्ञानिक प्रभाव परेका कारण सनुच र चाँदीको मूल्य घट्न थालेको हो । अमेरिकन कम्पनी फाइजर र जर्मन पार्टनर बायोएनटेकले कोरोनाभाइरस खोप विकास गेरेको घोषणा गरेको छ ।

मल्टी कमोडिटी एक्सचेन्ज(एमसीएक्स)मा डिसेम्बरको गोल्ड फ्यूचर्सको मूल्य २ प्रतिशत अर्थात १००० रुपैयाँ प्रति १० ग्राम गिरावट भएर ५११६५ रुपैयाँ भारु भएको छ । एमसीएक्समा सुन ५०६७७ देखि ५२५२० रुपैयाँमा कारोबार भइरहेको छ । विश्व बजारमा सुनको मूल्यमा २ प्रतिशतले गिरावट भइ १९०९.०० डलर प्रति औंस पुगेको छ

मा सुनको मूल्य ०.४३ प्रतिशतले वृद्धि भएर कारोबार भइरहेको थियो । उहि चाँदी ०.७५ प्रतिशतले बढेर कारोबार भइरहेको थियो ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here