मूल्य घट्दापनि बढेन भाइमसलाको व्यापार, ४० प्रतिशतसम्म घट्ने अनुमान

– जितेन्द्र खनाल

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको माहोल विस्तार बढ्दै छ । कोभिड संक्रमणको कारण अघिल्लो वर्षको जस्तो उत्साह नभएपनि भाइमसला किन्ने मानिसहरु केही मात्रामा देखिन थालेका छन् ।

तिहारमा काजु, किसमिस, ओखर, बदाम, पेस्ता, नविल, छोकडा, सुकमेल, हाँडे ओखर, मखना, अलैंची तथा नविलको व्यापार धेरै हुन्छ ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष भाइमसलाको मूल्य कम भएपनि व्यापारमा भने ४० प्रतिशतसम्म कमी आउने कुरा नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ बताउछन् ।

‘अघिल्लो वर्षको तुलनामा तिहारको व्यापार निकै कम हुने अनुमान हामी सहजै गर्न सक्छौं । कोभिडको प्रभाव व्यापारमा कस्तो रहन्छ भन्ने कुरा त हामीलाई दशैको व्यापारले देखाईस्क्यो ।’ श्रेष्ठले भने, ‘तिहारमा भाइमसलाको व्यापारमा पनि ४० प्रतिशत घट्छ ।’

मूल्य घट्दापनि बढेन भाइमसलाको व्यापार

देशभर कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । यस्तोमा सरकारले पनि देउसी भैलो, पिङ खेल्ने, पटका पड्काउने जस्ता कामलाई प्रतिबन्ध गरिरहेको छ ।

संक्रमणको कारण तिहारको रौनक हराएको र दैनिक जीवनयापनको लागि पनि समस्या परेको कारण व्यापारमा की आएको अध्यक्ष श्रेष्ठ बताउछन् ।

‘मानिसहरुलाई दैनिक छाक टार्न समस्या हुने अवस्था आईसकेको छ, यस्तोमा महङ्गा भाइमसलाको व्यापार सामान्य अवस्थाको जस्तो कहाँ हुन्छ र ।’ उनले भने, ‘यो आफन्त भेट्ने, ठूलो समुहमा बस्ने धेरै फजुल खर्च गर्ने भन्दापनि अहिलेको अवस्था जो जहाँ छ त्यहि वस्ने र स्वस्थ रहने भएको कारण व्यापारमा कमी हुनु सामान्य कुरा हो ।’

यस्तो छ अघिल्लो वर्ष र यो वर्ष भाइमसलाको बजार मूल्य

अघिल्लो वर्षको तुलनामा भाइसमलाको मूल्यमा पनि धेरै कमी आएको छ । अघिल्लो वर्ष लगभग ३ अर्ब रुपैयाँ बराबरको भाइमसलाको कारोबार भएकोमा यो वर्षभने १ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार हुनपनि समस्या रहेको कुरा अध्यक्ष श्रेष्ठ बताउछन् ।

‘सामानइ अवस्था भएकोमा समयमा त झण्डै ३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।’ उनले भने अहिलेको अवस्थामा त १ अर्व ४० करोड रुपैयाँको कारोबार हुनपनि गाह्रै छ ।’

नेपाल खुद्रा व्यापार संघको तथ्यांक अनुसार यस्तो छ अघिल्लो वर्ष र अहिले भाइमसलाको बजार मूल्यः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here