निजामती सेवातर्फ विभिन्न तीनसय प्राविधिक पदका लागि आवेदन माग

काठमाडौं, २६ कात्तिक । लोकसेवा आयोगले निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन आह्वान गरेको छ।

विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन गरेको हो।

७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवातर्फ रिक्त सातौं र आठौं तह र निजामतीतर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो।

सामान्य प्रशासनको सोही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि बुधबार विज्ञापन आह्वान गरेको हो।

स्वास्थ्य सेवातर्फका धेरै जसो कर्मचारी स्थानीय तहमा समायोजन भएर जाँद संघमा कर्मचारी अभाव हुन थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here