रहस्यमय दासढुंगा दूर्घटनाको २६ वर्ष, कहिले पत्ता लाग्छ यथार्थ ?

काठमाडौं, ३ जेठ । दासढुंगा दूर्घटनाको आज २६ वर्ष पुरा भएको छ । २०५० जेठ ३ मा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुंगा भन्नु स्थानमा जीप दूर्घटनामा परि निधन भएको थियो ।

यस दिनको अवसर पारी आज सत्तारुढ नेकपासहित दलले विभिन्न कार्यक्रम गरी मदन भण्डारी—जीवराज आश्रीत दिवस मनाउँदैछन् ।

जनताबीच लोकप्रिय दुई नेताको जीप दूर्घटनामा निधन भएपछि जीप चालक अमर लामा भने बच्न सफल भएका थिए । पछि उनको पनि हत्या भयो ।

त्यसपछि यो दूर्घटना रहस्यकै गर्भमा छ । भण्डारी पत्नी विद्यादेवि भण्डारी अहिले देशको सर्वोच्च पद राष्ट्रपति छिन् । नेकपा सत्ताको बागडोर सम्हालेर बसेको छ । तर, यस दूर्घटनाको सत्यतथ्य छानविनमा भने अहिले कसैले पनि चासो दिएका छैनन् ।

भण्डारी स्पष्ट बिचार र राम्रो भाषण गर्न सक्ने शैलीका कारण चर्चित थिए । राजतन्त्र कालमा पनि हाकाहाकी राजालाई चूनौति दिने उनको क्रान्तीकारी शैलीका कारण जनताबीच उनी लोकप्रिय थिए । तत्कालिन एमालेले उनकै बिचार अनुशरण गरी जनताको बहुदलीय जनवाद (जवज) नीति अवलम्बन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here