‘जिल्ला नगरका समस्या गहिराईदेखि बुझेको छु’-वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान

काठमाडौं, २६ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानलाई एकैदिन एकैपटक ३० भन्दा बढी जिल्लानगर उद्योग वाणिज्य संघले मतदान गर्ने सामूहिक प्रतिवद्धता जनाएका छन् ।

जनकपूरमा आयोजित कार्यक्रममा प्रधान समूहलाई विभिन्न प्रदेशका जिल्लानगरका अध्यक्षहरुले मतदान गरेर जिताउने निर्णय भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर शाहले ३० भन्दा बढी जिल्लाका अध्यक्षहरुले प्रधान र उनको समुहलाई जिताउन मतदान गर्ने सहमति जुटाई सोही अनुसार निर्णय गरिएको बताए ।

आफ्ना उम्मेद्वारलाई परिचय गराउँदै जिल्ला नगरका अध्यक्षहरुले किशोर प्रधानलाई महासंघका आगामी अध्यक्ष शेखर गोल्छाले समर्थन गरेका कारण पनि २ कार्यकाल कटिबद्ध भएर काम गर्ने वाताबरण बनाउन प्रधानलाई जिताउने निर्णय भएको शाहले बताए ।

कार्यक्रमका सहभागिहरुले गोल्छाको नेतृत्वबाट सबल महासंघ चाहनेले प्रधान समूहलाई बिजयी गराउनुपर्ने भन्दै ६ वर्षे कार्यकालतयार गरी निर्धक्क भएर काम गर्ने वाताबरण बनाउनका लागि पनि प्रधानलाई जिताउनु पर्ने जिल्ला नगरका अध्यक्षहरुको भनाई छ ।

प्रदेश १ र २ को कुलमतमध्ये ९९ प्रतिशतमत प्रधान पक्षले पाउने प्रदेशनम्बर २ का अध्यक्ष शिवशंकर शाहले बताए । कार्यक्रममा प्रधान समूहलाई मत प्रतिबद्धता जनाउने जिल्ला नगरमा जनकपूरधाम उद्योग वाणिज्य संघ (ललितशाह, अध्यक्ष), धुलिखेल उद्योग वाणिज्य संघ (मञ्जु कुमार कोजु, अध्यक्ष), सप्तरी उद्योग वाणिज्य संघ (अरुण कुमार प्रधान, अध्यक्ष),उद्योग वाणिज्य संघ, मलङ्गवा,उद्योग वाणिज्य संघ, सर्लाही (बीरेन्द्र प्रसाद शाह, अध्यक्ष), गौशालाउद्योग वाणिज्य संघ (रामराजा प्रसाद शाह, अध्यक्ष),जलेश्वर उद्योग वाणिज्य संघ (कृपाशंकर शाह, अध्यक्ष), महोत्तरी उद्योग वाणिज्य संघ (मोहनप्रसाद गुप्ता, अध्यक्ष),वीरगञ्ज उद्योग वाणिज्य संघ (गोपाल केडिया, अध्यक्ष),इनरुवा उद्योग वाणिज्य संघ (वीरेन्द्र शाह, अध्यक्ष),जाजरकोट उद्योग वाणिज्य संघ (कर्ण बहादुर खत्री, अध्यक्ष), सुर्खेत उद्योग वाणिज्य संघ (धनबहादुर रावत, अध्यक्ष) लगायत छन् ।

यस्तै उदयपूर उद्योग वाणिज्य संघ (पुष्कर खड्का, अध्यक्ष), मकवानपूर उद्योग वाणिज्य संघ, लाहानउद्योग वाणिज्य संघ, सिराहाउद्योग वाणिज्य संघ (प्रमोद कुमार पोहार, अध्यक्ष) रधनकुटा उद्योग वाणिज्य संघले पनि प्रधान समूहलाई नै सघाउने औपचारिक निर्णय गरेका छन् ।

चरिकोट उद्योग वाणिज्य संघ, दोलखा (इन्द्र बहादुर श्रेष्ठ, अध्यक्ष),उर्लाबारी उद्योग वाणिज्य संघ, मोरङ (प्रितम खड्गी, अध्यक्ष),दमकउद्योग वाणिज्य संघ (गोकुलश्रेष्ठ, अध्यक्ष), मेचीउद्योग वाणिज्य संघ (ऋषीतिम्सिना, अध्यक्ष),कपिलबस्तु उद्योग वाणिज्य संघ, (यज्ञ प्रसाद भट्टराई, नि. अध्यक्ष), उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र बारा उद्योग वाणिज्य संघले प्रधान र उनको समूहलाई बिजयी गराउने प्रतिवद्धता जनाएका छन् ।

रौतहट र बर्दिबास जिल्ला उद्योग वाणिज्य संघले पनि प्रधानलाई सघाउने प्रतिवद्धता जनाएका छन् । काठमाडौँ उद्योग वाणिज्य संघबाट भने अध्यक्ष दिनेश श्रेष्ठ महासंघको जिल्लानगर उपाध्यक्षमा उम्मेद्वार नै भएका कारण प्रधान समूहलाई स्वतः समर्थन छ ।

समर्थन जनाएका सबै जिल्ला नगरका अध्यक्षहरुले महासंघमा २८ वर्ष लामो सेवा गरेर हासिल गरेको अनुभवलाई कोरोना महामारीका कारण थिलथिलो बनेको अर्थतन्त्र उकास्ने काममा प्रयोग गर्ने लक्ष्यका साथ आफूहरुले किशोर प्रधान र उनको समूहलाई समर्थन गरेको बताएका छन् ।

उनीहरुको कुरा सुनेपछि वरिष्ठ उपाध्यक्षका उम्मेद्वार प्रधानले आफूप्रति साना तथा मझौलासहित ठूला व्यवसायीको विश्वास बढेर गएका कारण विश्वास नतोड्ने बचन बद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासीप्रधानले आफु जिल्ला नगरबाट नै महासंघको नेतृत्वमा पुग्न लागेकाले जिल्ला नगरतर्फका समस्यामा केन्द्रित हुने प्रतिबद्धता जनाए ।

आफू जिल्लानगरका सबै किसिमकाविषय र समस्यासँग परिचितभएकाले त्यस्ता समस्या समाधानमा पहलकदमी लिन आफुले मात्र सक्ने उनको भनाई थियो । महासंघलाई नयाँ उचाई दिनका लागि जिल्लादेखि नै काम गर्दै जानु पर्ने बताएका प्रधानले आफु त्यसको एक मात्र विकल्प भएको बताएका थिए ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान तथा समुह समर्थक जिल्ला नगरका प्रतिनिधि तथा मतदाताहरुको प्रतिबद्धता कार्यक्रमलाई जनकपुरधाम उद्योग वाणिज्य संघले आयोजना गरेको हो । प्रधान समुह अन्य जिल्लाका प्रतिनिधिसँगको भेटघाटको अभियानमा देशव्यापी भ्रमणमा छ ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको टोलीलाई जनकपुरमा विशेष स्वागत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here