कुबेतबाट इसेवामनि ट्रान्सफरको रेमिट्यान्स् सेवा शुरु

काठमाडौं, २६ कात्तिक । इसेवामनि ट्रान्स्फर र कुबेतको रेमिट्यान्स् कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्यान्स् सेवा शुरु भएको छ।

उक्त सेवा सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र युएई एक्स्चेञ्जका तर्फबाट कार्यकारी प्रमुख कृष्ण कुमार यछारथले हस्ताक्षर गरेका हुन्।

यो सेवा सुरू भएसँगै कुबेतमा रहेका नेपालीहरूले युएई एक्स्चेञ्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा पैसा पठाउन सक्नेछन्।

नगदमा पठाइएको रकम नेपालभर रहेका ८ हजार भन्दा धेरै इसेवामनि ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एपमार्फत पनि प्राप्त गर्न सक्नेछन्। साथै इसेवा वालेटमा पैसा पठाउँदा ७५० फिल्स सेवा शूल्क लाग्ने छ।

त्यसैगरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुने बताइएको छ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै इसेवाले डिजिटल माध्यमबाट समयको बचत, आर्थिक फाइदा र प्राविधिको प्रयोगबाट सुरक्षित ढंगबाट रेमिट्यान्स् भित्राउँदै आएको छ ।

इसेवा मनि ट्रान्सफरलाई रेमिट्यान्स्को विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुकोे उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here