चिसो मौसममा बदाम, यस्ता छन् फाइदा

काठमाडौं । चिसो मौसमलाई खानपानको मौसम पनि भनिन्छ । खाएका खानेकुराहरु सजिलै पच्ने भएको कारण पनि गर्मी मौसमको तुलनामा हामी चिसो मौसममा धेरै मात्रामा खानेकुराहरु खान्छौं ।

यस मौसममा पारिलो घाम ताप्दै बदाम खाने बानी हामी मध्ये धेरैको हुनसक्छ । पौष्टिक तत्वले भरिएको बदाम स्वादको साथसाथै स्वास्थ्यको दृष्ट्रीले पनि फाइदाजनक हुन्छ ।

यस्ता छन् बदाम खानुका फाइदाः

रोग प्रतिरोधक क्षमताको वृद्धि

बदाममा भिटामिन सी पाईन्छ । जसले चिसो मौसममा हुने रुघा, खोकी तथा ज्वरोबाट बचाउनमा सहयोग गर्छ । यसले शरिरमा उर्जा उत्पादन गर्छ, जसकारण रोग प्रतिरोधक क्षमता वृद्धि हुनछ ।

प्रोटिनको मुख्य श्रोत

बदाममा भरपुर मात्रामा प्रोटिन पाइन्छ । जुन शरिर विकासको लागि अत्यन्त महत्वपुर्ण हुन्छ । बदाममा शुद्ध दुधमा जति नै पोषक तत्व पाईन्छ । यदि तपाईंलाई दुध मन पर्दैन् भने दुधको साटो बदाम खान सक्नुहुन्छ ।

तौल कम गर्न सहयोग

बदामले तौल कम गर्नको लागि पनि सहयोग गर्छ । बदाम खाएपछि लामाृ समयसम्म भोक लाग्दैन् । जसको कारण खाने मात्रामा कमी आउछ ।

मुटु रोगीलाई लाभदायी

बदाममा पाईने एंटीअक्सीडेंट्स र मिनरल्सले मुटुसम्बन्धी हुने समस्याको खतरालाई कम गर्छ । यसका साथै बदामले डिप्रेशन कम गर्नमा पनि सहयोग गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here