कोरोना रोकथामका लागि ६ अर्ब ८१ करोड निकासा, कहाँ कति खर्च ?

फाइल फोटो

काठमाडौं, २६ कात्तिक । सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि यो आर्थिक वर्षमा ६ अर्ब ८१ करोड रूपैयाँ निकासा गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सरकारले आर्थिक वर्ष २०७७/७८ मा कोरोना रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रूपैयाँ विनियोजन गरेको हो।

प्रवक्ता गौतमका अनुसार यसमा हाइ डिपेन्डेन्सी यूनिटका लागि विनियोजन गरिएको ३ अर्ब २५ करोड रूपैयाँ समेत समावेश भएको छ ।

प्रयोगशाला परीक्षण तथा व्यवस्थापनमा १ अर्ब १२ करोड ४० लाख, संक्रमित व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ र जोखिम भत्तावापत १ अर्ब १४ करोड २९ लाख ६ हजार र आईसीयू, भेन्टिलेटर तथा अस्पताल सुदृढिकरणका लागि १ अर्ब २९ करोड ९० लाख निकासा भएको भएको गौतमले बताए।

त्यस्तै सरकारले कोरोना बीमा गरेकाको बाहेक अन्यको निशुल्क परिक्षण र उपचार गर्ने भएको छ । प्रवक्ता डा. गौतमले कोरोना बीमा गरेकाको बाहेक अन्यको निशुल्क परिक्षण र उपचार गर्ने भएको जानकारी दिए ।

‘नेपाल सरकारल कोरोना भाइरसको परिक्षण र उपचार गर्न सूचिकृत गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोरोना भाइसको लक्षण वा चिन्ह देखिएका बिरामीको परिक्षण र उपचारमा निशुल्क गरिनेछ गौतमले भने ।’

उनले थपे, ‘तर, उल्लेखित व्यक्तिहरुले कुनै बीमा कम्पनीमा कोरोना बीमा गरेका छन् भने उनीहरुको कोरोना परिक्षण र उपचार बीमाबाट व्यहोरिने छ । ’

सक्षम इच्छुक र योगदान गर्न चाहानेहरुले परिक्षण र उपचारमा योगदान गर्न सक्ने गौतमले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here