बालुवाटारमै अत्याधुनिक हेलिप्याड, प्रधानमन्त्रीको सवारीबाट खेप्नुपर्ने सास्तीको अन्त्य

काठमाडौं, २७ कात्तिक । नागरिक उड्डयन प्राधिकरणको मापदण्ड अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल मार्फत उक्त निमार्ण कार्य सम्पन्न भएको जानाकारी दिएका हुन् ।

हेलिप्याडसँगै अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जान-आउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुने छैन ।

प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा बुधबार पनि सोही नवनिर्मित हेलिप्याडबाटै पहिलो उडान गरिएको थियो । बेलुकी पनि बालुवाटारमै हेलिकोप्टर अवतरण गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here