प्रभु बैंकको नाफा ३५ प्रतिशत बढ्यो, ३ महिनामै कमायो ८५ करोड

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा ३५ प्रतिशत मुनाफा आर्जन गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ को प्रथम त्रैमासमा ८५ करोडभन्दा माथि मुनानाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रथम त्रैमासको अपरिस्कृत विवरणअनुसार ८५ करोड १४ हजार खुद मुनाफा आर्जन गरेको छ ।

बैंकको अहिले आर्जन गरेको खुद मुनाफा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ३५.२५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६२ करोड ८४ लाख ६७ हजार खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकको वितरणयोग्य मुनाफा भने १७ करोड ५६ लाख २८ हजार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here