दोधारा-चाँदनी जोड्ने महाकालीको झोलुङ्गे पुल दैनिक ४ घण्टा बन्द

पप्पु गुरुङ्ग

दोधारा, २७ कात्तिक । महाकाली झोलुङ्गे पुल मर्मतका लागि बिहिबारदेखी आवागमन बन्द गरिएको छ । महाकाली पारीको दोधारा चाँदनी जोड्ने उक्त पुल दैनिक ४ घण्टा बन्द हुने भएको हो ।

बिहान ११:३० वजे देखि दिउसो ३ वजे सम्म पुलमा आवागमन बन्द गरिएको माहाकाली नगरपालिकाका प्रवक्ता दिल बहादुर सिंजालीले दिएका छन् ।

उनका अनुसार मर्मत नसकिदा सम्म तोकिएको समयमा आवागमन बन्द रहनेछ । उनले दुई- तीन दिनमा मर्मत सकिने अनुमान गरिएको र आजै देखि मर्मत सुरु भएको बताएका छन् ।

माहाकाली नगरपालिका कार्यालयले एक सुचना प्रकाशित गरि मर्मको लागी पुल बन्द गरिएको जानकारी गराएको छ ।

महाकाली नदीपारिको महाकाली नगरपालिका जोड्ने डेढ मिटर चौडाइको पुलको लम्बाई एक हजार चारसय ५२ मिटर छ। नेपालमा रहेका सबै प्रकारका पुलहरू मध्ये चाँदनी-दोधारा पुल नै सबैभन्दा लामो पुल हो।

२०६१ मा ९ करोड ४२ लाख ४१ हजारमा निर्माण गरिएको पुल एसियामै दोस्रो लामो झोलुङ्गे पुलमा ३२.७ मिटरका ७ वटा अग्ला टावर छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here